दार्चुलाको विकासको लागि एमालेको नौँ बुदे अपिल जारी

१ बर्ष अघि

२0७९ कार्तिक २५ शुक्रबार

दार्चुलाको विकासको लागि एमालेको नौँ बुदे अपिल जारी

दार्चुला । नेकपा एमालेले दार्चुलाको विकासको लागि नौँ बुदे अपिल जारी गरेको छ । कालापानी भूमिमा नेपालको स्वाभिमान कायम गर्नेदेखि तिंकरसम्म तीन वर्षभित्र सडक पु¥याउने गरी अपिल जारी गरेको हो । दार्चुलाको विकासको लागि एमालेको विकल्प नभएको भन्दै एमालेले विकासको लागि सूर्यमा मतदान गर्न जिल्लाबसीमा अपिल जारी गरेको हो । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी, समानुपातिक उम्मेदवार दीपा बुढाथोकीद्धारा जारी अपिलमा सुशासनसहितको समावेशीता र विकास निर्माणको लागि एमालेको विकल्प नभएको उल्लेख छ ।
कालापानी लिपुलेक र लिम्पियाधुरासहितको ४ सय बर्ग किलोमिटर भूमि नक्सामा सामेल एमालेको सरकारले गरेको भन्दै भूमिमा स्वामित्व लिन एमालेलाई मतदानगर्न भनिएको छ । सामरिक महत्वको दार्चुला तिंकर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको एमालेले आगामी तीन वर्षभित्र तिंकर नाकासम्म सडक पु¥याउने जनाएको छ । महाकाली करिडोरमा ३ अर्व ३० करोड रुपैयाँको लागतमा सडकको बहुवर्षीय ठेब्का कालोपत्रे काम अघि बढेको भन्दै यसको पूरा गरिने अपिलमा भनिएको छ ।
खलंगा–खार–देथला सडक र पारिबगर खण्डेश्वरी सडक रणनीतिक सडकमा सामेल भई कालोपत्रे काम अघि बढेको भन्दै यसको पूरा गरिने जनाइएको छ । दु्रतगतिमा निर्माण भइरहेका ग्रामीण सडक निर्माण पूरा गर्न र नयाँ ग्रामीण सडक सञ्चालन गर्ने भनिएको छ ।
दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल निर्माणको लागि ५२ करोड रुपैयाँ लागतमा बहुवर्षीय ठेक्का निर्माणको कामअघि बढेको छ । भने ९६ करोड लागतमा जिल्लाभरी विद्युतीकरण आयोजना सुरु भएको छ । आगामी दुई वर्षभित्र अधिकांश घरधुरीमा विद्यूत पुर्याउने एमालेले जनाएको छ ।
सुख्खाग्रस्त क्षेत्र लेकमको कुणी कुसकाडामा निर्माण सुरु गरिएको २५ करोड लागतको चमेलिया लिफ्टीङ खानेपानी योजना निर्माण गरे एक घर एक धारा पुर्याउने एमालेले जनाएको छ । जिल्लामा निर्माण भइरहेको ५० सैययाको अस्पताल निर्माण पूरा गर्नुको साथै रिठाचौपाता, लटिनाथ, खण्डेश्वरी, जामिर, हुती धारीमा निर्माण भइरहेको अस्पतालको काम सम्पन्न गर्ने एमालेले अपिलमा उल्लेख गरेको छ । दार्चुलाका आंगिक हुन बाँकी रहेका शंकरपुर, लटिनाथ, लाली, हुती र दत्तु क्याम्पसलाई आंगिक क्याम्पस बनाइने अपिलमा भनिएको छ ।