यात्रु सहायता कक्ष स्थापना

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

यात्रु सहायता कक्ष स्थापना

ललित सामन्त असोज २१ दार्चुला।जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को बसपार्क क्षेत्रमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।
स्थापना गरिएको सहायता कक्षबाट यात्रुलाई ठगिनबाट जोगाउने र सुरक्षा प्रदान गरिने उनले बताए । जिल्लाबाट लामो तथा छोटो दुरीमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुन सक्ने घट्नालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । यात्रु सहायता कक्षमा दैनिक रुपमा दुई जना प्रहरीले सेवा दिने जनाइएको छ ।