झुटको भ्रम फैलाउँदै गठबन्धन

१ बर्ष अघि

२0७९ कार्तिक २४ बिहीबार

झुटको भ्रम फैलाउँदै गठबन्धन

दार्चुला । दार्चुलामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हारको मानसिकतामा पुगेका छन् । निर्वाचनको समय नजिकिदै जादा उनीहरुमा कमजोर मानसिकता देखिएको छ । जिल्लाको विकासको लागि योजना भन्नुभन्दा पनि उनीहरु अहिले एमालेलाई गाली गर्दै हिड्ने गरेका छन् । 
जिल्लाभरी गएर आफ्नो अवस्था कमजोर देखेपछि अहिले गालीगलौचमा उत्रिएका छन् । उनीहरुसँग विकासको एजेण्डा केही पनि छैन् । अहिलेसम्म जिल्लाको विकासको लागि सिन्को नभाचेको आरोप खेप्दै आएका गठबन्धनका उम्मेदवारहरु अहिले एमालेका उम्मेदवारमाथि गाली गर्नमै समय खर्चिन थालेका छन् ।
हिजो हामीले सुन्यौँ, गोकुलेश्वरमा मेरो कार्यकालमा भएका योजनाहरु आफुले गरेका हाँै भन्दै जनतालाई झुट फैलाउँदै गरेको । म जिल्लाबाट निर्वाचित जनप्रतिनिधि । मैले हरेक ठाउँ पुगेर यहाँको विकासको ढोका खोलेको छु । अहिले गठबन्धनका नेता केही काम गर्न नसकेर मैले सुरु गरेका काम आफुहरुले गर्यौ भन्दैछन् ।
म चुनौती दिन चाहन्छु । गोकुलेश्वर एयरपोर्ट, पारिबगर खण्डेश्वरी सडक, गोकुलेश्वर देथला खार सडक, महाकाली करिडोर, विकट वस्तीमा खानेपानी पुर्याउने काम मैले सुरु गरेको हु । मसँग हरेक कुराको प्रमाण छ । प्रमाणिसहित बोल्छु । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक, सामाजिक सुरक्षामा एमालेले गरेका कामहरु हुन् । यसमा अरुले दाबी गर्ने ठाउँ केही छैन् ।
बडू जीले भनेछन् विकासका काम सुरुवात मैले गरेको हु । तर म भन्छु, कहाँ छन् विकास निर्माण गरेको ? काम गरेको भए देखाउन् म चूनौती सामाना गर्न तयार छु । तर झुट बोलेर जनताको मत आकर्षित गरौँला भनेर नसोच हुन्छ । दार्चुलेली जनता बुझ्ने भइसकेका छन् ।  
उनीहरु त बरु आफुले हालेका योजनाहरुको कमिसन उठाउनमा छन् । कयाँै पीडित व्यक्ति हाम्रो सम्पर्कमा समेत आए । योजना हालिदिन्छौ । २० प्रतिशत कमिशन दिनुपर्छ । हालेका योजनाबाट अग्रिम रकम लिए । केही योजनाहरु कटौती गरिए । जनताले सिधा सिधा भनिरहेका छन् गठबन्धनका नेता योजना र रोजगारीको आश्वासन दिएर भोट माग्दैछन् । तर जनताले कमिशन खाने, जिल्लाको विकासको लागि बजेट कटौती गर्नेलाई योपटक भोट दिने वाला छैनन् ।
एउटा फुच्चेले आफुसँग डिवेट गर्ने कुरा गरेछन्, मसँग डिवेट गर्न मैले गरेजति काम गरेर आउनुहोस् । त्यसपछि कहाँ गर्नुपर्ने हो म तयार छु । कमिसन उठाएर जिल्लाको लागि योजना ल्याए भन्ने अनि मसँग डिवेट गर्न सुहाउँछ । उहाँले गरेको काम भए मेरै कार्यकर्ता, जनताले जवाफ दिइसकेका छन् । आफुलाई कम्युनिस्ट भन्ने काग्रेसको पछि लागेर झण्डा बोक्ने, जयनेपाल भन्दै हिड्ने अनि कम्युनिस्ट भन्न सुहाउँदैन् । योभन्दा बढि माओवादीको बारेमा टिप्पणी गर्नु उचित पनि छैन् । 
(उम्मेदवार ठगुन्नासँगको कुराकानीको आधारमा)