ओलीले देशलाई चीनको महंगो ऋणमा फसाएर जनतालाई ठगेका हुन नेता शाह

१ बर्ष अघि

२0७९ कार्तिक २३ बुधबार

ओलीले देशलाई चीनको महंगो ऋणमा फसाएर जनतालाई ठगेका हुन  नेता शाह

कपिलवस्तु । कपिलवस्तु क्षेत्र ३ का उम्मेदवार अभिषेक प्रताप शाहले ओलीले देशलाई महंगो चिनियाँ ऋणमा फसाएर अर्थतन्त्र धवस्त बनाई जनतालाई ठगेको आरोप लगाउनुभएको छ ।

हिजो चन्द्रौटामा आयोजित एउटा टिभीको राजनितीक डिबेटको कार्यक्रममा एमाले उम्मेद्वार मंगल प्रसाद गुप्तासंगको बहसमा सत्ता गठबन्धनका उम्मेद्वार अभिषेक प्रताप शाहले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वबैंक लगायतबाट सस्तो ऋण र अमेरिकी अनुदान नलिएर चीनबाट महंगो ऋण लिई देशको अर्थतन्त्र बर्वाद पारेर जनतालाई ठगेको आरोप लगाउनुभएको छ ।

निर्वतमान सांसद एवं नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका शाहले जनताको मत पाएको ओली सरकारले दुई तिहाई बहुमतको दम्भमा देशको अर्थतन्त्रलाई चौपट पार्दै लगेपछि माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सरकार बाहिरिएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासंग गठबन्धन गरि देशलाई निकास दिलाउन पहल गर्नुभएको बताए । उनले देउवा नेतृत्वको गठबन्धनको सरकारले जनतालाई कोरोना खोप पुर्याउने देखि लिएर विग्रिदै गएको अर्थतन्त्रलाई सुधारोन्मुख बनाएको दाबी गरेका थिए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का जनता प्रगति शील पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार इश्वर दयाल मिश्र पनि उपस्थित थिए।