६३ औँ प्रहरी दिवसको उपलक्ष्यमा  निबन्ध प्रतियोगिता 

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

६३ औँ प्रहरी दिवसको उपलक्ष्यमा  निबन्ध प्रतियोगिता 

सुलोचना महता, असोज २१ दार्चुला । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६३ औँ प्रहरी दिवसको उपलक्ष्यमा दार्चुला बहुमुखी क्याम्पसमा निबन्ध प्रतियोगिता सञ्चालन गरेको छ । “ महिला हिंसा न्युनिकरणमा युवाहरुको भुमिका” भन्ने विषयमा बहुमुखी क्याम्पसमा अध्ययनरथ छात्राहरु बिच प्रतियोगिता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । २२ गतेका दिन मावि स्तरीय निबन्ध प्रतियोगिता “ महिला हिंसा निकरणमा मेरो भुमिका” भन्ने विषयमा महेन्द्र नमुना माविमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवत्ता हिक्मत बहादुर बाहोराले बताउनु भएको छ । २५ गते हुने प्रहरी दिवसको उपलक्ष्यमा निबन्ध प्रतियोगिता प्रथम, दितीय, तितीय र सान्तवना हुने छात्राहरुलाई प्रमाण पत्र तथा पुरुस्कार वितरण गरिने  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवत्ता बाहोराले बताउनु भयो ।
पछिल्लोे समय देशभरि विभिन्न ठाउमा महिला हिंसाका घटनाहरु बढिरहेकाले यसको न्युनिकरणका लागी जिल्ला प्रहरी कार्यालय दार्चुलाले महिला हिंसा सम्बन्धि कार्यक्रमहरुको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिलो पटक जिल्ला प्रहरी कार्यालयले महिला हिंसा सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको र समय अभावका कारण जिल्ला सर्दमुकाममा रहेका विद्यालयहरुमा मात्रै कार्यक्रमको आयोजना गरिएको र पछिल्लो समयका अरु कार्यक्रमहरु जिल्ला सदरमुकाम बाहिरका विद्यालयहरुमा पनि कार्यक्रमहरु सञ्चालन गरिने सुचना अधिकारी बोहराले जानकारी दिनु भयो ।