दुई साता भित्र भारतबाट नेपालमा रासायनिक मल आउने

१ बर्ष अघि

२0७९ कार्तिक २0 आईतवार

दुई साता भित्र भारतबाट नेपालमा रासायनिक मल आउने

काठमाडौं,   । करिब ३ साता भित्र भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। । कृषि सामाग्री कम्पनी लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीले अबको ३ साताभित्र भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात हुने जनाएका हुन् ।
नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार उक्त परिमाणको युरिया मल आयात हुने भएको हो । कार्कीले जीटूजीमार्फत आउन लागेको मल गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने जानकारी दिए । नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याइदिने छ ।

‘यसअघि भएको जीटूजीको तुलनामा यसपटक भएको सम्झौता उत्कृष्ट छ,’ कार्कीले भने, ‘यसअघि सम्झौता मात्रै हुन्थ्यो । यसपटक मल नै आउँछ ।’ कार्कीले विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य नै केही सस्तो रहेको जानकारी दिए ।
भारतबाट आउन लागेको मल प्रति मेट्रिक टन ७ सय ४२ अमेरिकी डलर खरिद मूल्य पर्छ । यो विश्व बजारको तुलनामा सस्तो रहेको लिमिटेडले जनाएको छ ।