बैंकिङ्ग कारोबार गर्नेको भिड बढ्यो

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

बैंकिङ्ग कारोबार गर्नेको भिड बढ्यो

सुलोचना महता, असोज २१ दार्चुला । चाडबाडको सिजन सुरु भएसँगै बैंकमा कारोबार गर्नेको भिड बढ्न थालेको छ । नेपाल राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलामा सबभन्दा बढी कारोबार हुने हुने गरेको बैंकका प्रबन्धक कृष्णराम लोहारले बताउनु भयो । गत महिनाहरुको तुलनामा यो महिना तलबभत्ता खाने र दशै पेस्की लिने कर्मचारी तथा अन्य उपभोक्ताहरुको संख्या बढेको हो । यसका अतिरिक्त दार्चुला जिल्लामा रहेका अन्य बैंकहरु जनता बैंक, एनआईसी एसीया, मेघा, नेपाल बंगलादेश, सनराइज लगायतका बैंकहरुमा पनि कारोबार गर्नेकोहरुको भिड लाग्ने गरेको छ । नेपाल राष्ट्रिय वाणिज्य बैंक शाखा दार्चुलाले दशैँ तिहारको उपलक्ष्यमा नयाँ नोट पनि वितरण गरिरहेको छ । भने एक व्यक्तिले २७ हजार रुपैँया सम्म नयाँ नोट सट्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । भने सरकारी बैंक मात्र नभएर प्राइभेट बैंकहरुमा पनि दशैँ तिहारकाे लागि पुरानाे नाेटसँग नयाँ साट्न् सकिन्छ ।