एमाले अध्यक्ष ओली दार्चुला आउदैँ, आमसभाको तयारी अन्तीम चरणमा

१ बर्ष अघि

२0७९ कार्तिक १७ बिहीबार

एमाले अध्यक्ष ओली दार्चुला आउदैँ, आमसभाको तयारी अन्तीम चरणमा

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शक्रबार दार्चुला  आउने कार्यक्रम रहेको छ । उनले जिल्लाको सदमुकाम दार्चुलाको खुल्ला मन्चमा आयोजना हुने  विशाल चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

नेकपा एमाले दार्चुलाको आयोजनामा  दार्चुलाको खुल्ला मन्चमा विहान ११ बजे विशाल चुनावी आमसभा हुने एमाले दार्चुलाका प्रचार तथा प्रकाशन विभाग प्रमुख बडालले बताउनु भयो ।
दार्चुला बाट प्रतिनिधिसभामा एमालेका पोलिटव्युरो सदस्य पुर्व समान्य प्रशासन मन्त्री गणेश सिह ठगुन्ना प्रनिनिधिसभा सदस्यको उम्मेदवार रहेकाछन । यसैगरी प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर १ बाट हरदेव जोशी तथा क्षेत्र नम्बर.२ बाट रामदत्त जोशी उम्मेदवार रहेकाछन । यसैगरी एमाले दार्चुलाबाट समानुपातिक तर्फ प्रदेशसभामा दिपा देवि बुढाथोकी उम्मेदवार रहेकाछन् । 
दार्चुलाको सदमुकाम खलंगाको खुल्ला मन्चमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरु पुरा भैसकेको नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनु भयो । नेकपा एमाले केन्दिय कमिटिले पहिलोपटक दार्चुला जिल्लाबाट सुरु हुने देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता व्यापक बनाउने एमालेले जनाएको छ । ओली आउने भएपछि जनमानसमा उल्लास छाएको छ ।