एमाले प्रवेस गर्नेको लहर

१ बर्ष अघि

२0७९ कार्तिक १७ बिहीबार

एमाले प्रवेस गर्नेको लहर

दार्चुला । नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी घरदैलो कार्यक्रममा एमाले प्रवेशको लहर नै चलेको छ । विहिबार (आज) ठगुन्ना नेतृत्वको प्रचारप्रसार टोली मालिकार्जुन गाउँपालिकाको सिराड, ठिङ, न्वालपानी, दोपखे हुँदै खलंगा प्रस्थान गरेको टोलीमा सहभागि युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिका वडा नम्बर २ ठिङमा भएको मतदाता भेटघाट कार्यक्रममा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरी चार जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।  प्रवेश गर्नेहरुमा नेपाली कांग्रेशबाट पानसिंह धामी, गोपालसिंह धामी र प्रेमसिंह धामी तथा माओबादी केन्द्रबाट मोहन सिंह धामी रहेका छन् ।


मालिकार्जुन गाउँपालिका वडा नम्बर २ सिराडमा भएको भेटघाटका क्रममा नेपाली कांग्रेश परित्याग गरी २०४९ र ५४ सालमा नेपाली कांग्रेशबाट निर्वाचित वडा अध्यक्ष देबसिंह धामी, गणेश सिंह धामी, राजिव सिंह धामी, नरेश सिंह धामी, जगदिश सिंह धामी र गोमती धामी गरी छ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकु र बाँकुमाभएको भेटघाटका क्रममा २९ जनाकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको प्रतिनिधि सभा उम्मेदवार गणेश सिंह ठगुन्नाले बताउनु भयो । 


प्रवेश गर्नेहरुमा २०४६ साल देखि नेपाली कांग्रेशमा आवद्ध भई २०४९ का उकु गा.वि.स. का निर्वाचित उपाध्यक्ष कुँवर रामपार्की, नेपाली कांग्रेशका पुर्व निर्वाचित समन्वय समिति सदस्य भवी महर, नेपाली काग्रेस मालिकार्जुन वडा नम्बर ५ वडा कमिटी सचिव मदन कुमार टमटा सहित २९ जना रहेका छन् ।  गाउँ बस्ती भेटघाटका क्रममा एमाले प्रतिजनताको आकर्षण देखिएको र आसन्न मंसीर ४ गतेको निर्वाचनमा विजय सुनिश्चित रहेको उहाँको भनाई छ ।

 

एमाले बाट दार्चुलामा प्रतिनिधि सभामा गणेश सिंह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा हरदेव जोशी, प्रदेश सभा क्षेत्र नम्बर २ (ख) मा रामदत्तजोशी  र प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार दिपा देवी बुढाथोकी मतदाता संग गाउँगाउँ पुगेर भेटघाट गर्दै मत मागिरहेका छन् । यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेवार राम दत्त जोशीको टोली शैल्यशिखर नगरपालिकाको गाउँगाउँमा पुगेर भेटघाट गर्दै मत मागि रहेका छन् । यसै विच महाकालीनगरपालिका वडा नम्बर २,३ मा वडा कमिटि बैठक बसि निर्वाचन परिचालन कमिटि र वुथ कमिटि गठन गरेको नेकपा दार्चुलाले जनाएको छ ।