ओली आउने भएपछि दार्चुला खलंगामा झकि झकाउँ

१ बर्ष अघि

२0७९ कार्तिक १७ बिहीबार

ओली आउने भएपछि दार्चुला खलंगामा झकि झकाउँ

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार दार्चुला आउने भएपछि दार्चुला सदरमुकाम खलंगा झकिझकाउ पारिएको छ । खलंगाका मुख्य प्रवेश द्वार तथा कार्यक्रम स्थल झण्डा व्यानरले सजाइएको छ ।  आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले राष्ट्रव्यापी चुनावी अभियान चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलाबाट सुरु गर्दैछ । बिहान ११ बजे ओलीले सदरमुकाम खलंगामा अभियानको उद्घाटन गर्नेछन् ।  पहिलो पटक दार्चुला बाट सुरु हुन लागेको चुनावी सभालाई आकर्षक बनाउने गरी तयारी गरिएको एमाले प्रचार विभागप्रमुख खडक बडालले जानकारी दिनुभयो । चुनावी सभामा भाग लिन गाउँगाउँबाट जनमानस खलंगा आउन थालेका छन् ।  ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरेर एमालेले राष्ट्रियताको पक्षमा आफु मात्र रहेको सन्देश प्रवाह गर्दैछ । ‘ओली सरकारकै बेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको भूगोल नेपाली नक्सामा समेटिएको हो, प्रतिनिधि सभा उम्मेदवार गणेशसिह ठगुन्नाले भन्नुभयो ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन् नेपाललाई फिर्ता गर्नुपर्छ । अब एमालेको सरकार बनेपछि त्यो भूमिफिर्ता ल्याउने गरी लाग्छौँ ।’ भन्ने सन्देश दिलाउन एमालेले दार्चुलाबाटै अभियानको थालनी गर्न लागेको छ ।  ओली खलंगामा हुने आम सभालाई उद्घाटन गर्न हेलिकप्टर मार्फत दार्चुला पुग्नेछन् । ओलीले शुक्रबार दार्चुलापछि बैतडी र कञ्चनपुरमाहुने आमसभालाइ सम्बोधन गर्ने कार्यतालिका छ ।  यसैबीचनेकपाएमाले दार्चुलाको तर्फबाट प्रतिनिधिसभाकाउम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ काउम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार टोली मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम गरेर खलंगा फर्किएको छ ।  गत असोज २३ गते उम्मेदवारी मनोनयन पछि गाउँ गएको मूलप्रचार टोली खलंगा फर्किएको हो । एमालेले अपिहिमाल, मार्मा, नौगाड, लेकम, मालिकार्जुन र शैल्यशिखर नगरपालिकामा घरदैलो गरि फर्किएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । भोलीको सभा पछि व्यास, दुहुँ र महाकालीमा घरदैलो कार्यक्रमगर्ने एमालेले जनाएको छ ।