दुई किलोग्राम चरेश बरामद, एक पुरुष पक्राउ

१ बर्ष अघि

२0७९ कार्तिक १७ बिहीबार

दुई किलोग्राम चरेश बरामद, एक पुरुष पक्राउ

दार्चुला । दार्चुलामा दुई किलोग्राम चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ लुम्थि बस्ने ४४ वर्षीय दानसिंह धामीको साथबाट झण्डै दुई किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो । मार्माबाट गोकुलेश्वरतर्फ आउदै गरेको से १ ज ६१८ नम्बरको जीपमा सवार धामीको साथबाट चरेश बरामद गरिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।