एमालेको मूल प्रचार टोलीलाई मालिकार्जुनको उकुमामा भव्य स्वागत, दुई दर्जन बढी एमालेमा प्रवेश

१ बर्ष अघि

२0७९ कार्तिक १६ बुधबार

एमालेको मूल प्रचार टोलीलाई मालिकार्जुनको उकुमामा भव्य स्वागत, दुई दर्जन बढी एमालेमा प्रवेश

दार्चुला । नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार टोली मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा भव्य स्वागत गरेको छ । उकुमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरि २६ जना कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन । प्रवेश गर्ने हरुलाई नेपाली कांग्रेशका पुर्व निर्वाचित समन्वय समिति सदस्य भवी महर नेपाली काग्रेस मालिकार्जुन वडा नम्बर ५ वडा कमिटी सचिव मदन कुमार टमटा सहित काग्रेसबाट कलावति गिरी,गिता देवि महर, तुलसी पार्की ,धाना पार्की गीता पार्की,हिरा पार्की, अनिल राम टमटा, वसन्ती टमटा, चन्द्रिराम टमटा,धनपति टमटा,ललित राम टमटा,कलावती टमटा, हिक्मत राम टमटा,शेरराम टमटा,हरिराम टमटा,लक्षमण राम टमटा, भुपेन्द्र राम लुहरा,देवकी देवि टमटा,कुवर रामपार्की ,केशव राम पार्की, नारायण राम पार्की, एमालेमा प्रवेश गरेका छन् ।  यस्तै नेकपा माओबादी केन्द्रबाट हिरा देवि मौर,केशव मौर एमालमो प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशीले टिका लगाएर पाटीमा स्वागत गर्नुभयो । 
आसन्न मङ्सिर ४ गतेको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सबै उम्मेदवार प्रचारप्रचारमा व्यस्त रहेका छन । प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्तजोशी नेतृत्वको टोलीले नौगाड गाउँपालिकाका विभिन्न वडामा मतदातासंग भेटघाट गरेका छन् ।