महिला हिंसा तथा सामाजिक अपराध न्यूनिकरण सम्बन्धी प्रहरीको जनचेतनामुलक कार्यक्रम 

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

महिला हिंसा तथा सामाजिक अपराध न्यूनिकरण सम्बन्धी प्रहरीको जनचेतनामुलक कार्यक्रम 

दृष्टीकोण समाचार, असोज २१ दार्चुला । दशै तिहार जस्ता चाडपर्व नजिकीएसँगै समाजमा  हुने विभिन्न किसिमका घटना न्युनिकरण गर्न तथा महिला हिंसा तथा सामाजिक अपराध न्युनिकरण सम्बन्धी दार्चुलामा प्रहरीले जनचेतनामुलक कार्यक्रमको अयोजना गरेको छ ।
महाकाली नगरपालिका ४ खलंगा बजारमा आइतबार विहान सरोकारवालाहरुले ¥याली निकालेका छन् । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षता तथा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टको  प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा महिला सञ्जाल, जनप्रतिनिधि, दार्चुला क्याम्पसका प्राध्यापक, छात्र छात्रा एवंम विभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी,सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरु , उद्योग बाणिज्य संघका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा पत्रकार , नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।