नेकपा एमालेका अध्यक्ष ओली कार्तिक १८ गते दार्चुला आउदै तयारी तिव्र

१ बर्ष अघि

२0७९ कार्तिक १६ बुधबार

नेकपा एमालेका अध्यक्ष ओली कार्तिक १८ गते दार्चुला आउदै  तयारी तिव्र

दार्चुला  । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली कार्तिक १८ गते दार्चुला आउदै  तयारी तिव्र पारिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गते दार्चुला खलंगाबाट चुनावी सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्रचार तथा प्रकासन विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । 
ओली प्रधानमन्त्री भएको बेलाचुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि नेकपा एमाले दार्चुलाले तयारी तिव्र पारेको छ । खलंगामा हुने बृहत चुनावी सभामा जिल्ला भरिका धरै मानिस भेला गर्ने तयारी गरेको एमाले दार्चुलालले जनाएको छ । 
नेकपा एमाले केन्दिय कमिटिले पहिलोपटक दार्चुला जिल्लाबाट सुरु हुने देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता व्यापक बनाउने एमालेले जनाएको छ । ओली आउने भएपछि जनमानसमा उल्लास छाएको छ । थप सबै पार्टी कमिटी, जनवर्गी संगठनलाई जनसहभागिता बढाउन परिचालन गरिएको छ बताएको छ ।
दार्चुला जिल्लाको सबै क्षेत्र भूगोलको प्रतिनिधित्वहुने गरी सांस्कृतिक भेषभुषा सहित आम सभामा प्रस्तुत गरिने नेकपा एमाले जिल्लाअध्यक्ष कमिटि अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूगोल समेटेर नक्सा जारि गरेपछि पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीको भ्रमण हुन लागेको हो ।
यसअघि ओली ०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नु भएको थियो । नौ वर्षपछि पुन दार्चुलामा हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउने एमालेले सबै शक्ति परिचालन गर्न लागेको हो ।
चुनावको मिति नजिकिए सँगै ओलीको देश दौडाहा हुन लागेको छ । गठबन्धनको विरुद्ध चुनाव लडि रहेको एमालेले जिल्लामा आफ्ना शत्ति mयथावत राख्न चाहेको छ ।