लेकमका सबै वडामा पुगे एमाले उम्मेदवार, गरिब जनताको लागि जीवन समर्पित गर्छुः जोशी

१ बर्ष अघि

२0७९ कार्तिक १४ सोमबार

लेकमका सबै वडामा पुगे एमाले उम्मेदवार, गरिब जनताको लागि जीवन समर्पित गर्छुः जोशी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशीले आफ्नो जीवन गरिब, दुःखी, सर्वहारा जनताको लागि समर्पित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । लेकमको खरकडामा आयोजित मतदाता भेटघाटका क्रममा जोशीले आफु गरिब घरपरिवारबाट आएकोले गरिब जनताको पीडा बुझेको बताउदै सर्वहारा बर्गको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


अहिले गठबन्धनले भ्रमको खेती मात्रै गरिरहेको बताउदै उहाँले गठबन्धनका उम्मेदवारलाई हिजो सत्तामा हुँदा के गर्नुभयो, आज के गर्दै हुनुहुन्छ, के भनेर भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरिदिन जनतालाई अनुरोध गर्नुभयो । केही ढोगी मानिसहरु भ्रम छर्नका निमित्त उम्मेदवार बनेर आएका छन् । उहाँले भन्नुभयो, दार्चुलामा नेकपा एमालेको लहर छ । नेकपा एमालेको पक्षमा मतदान गर्न, राष्ट्रको पक्षमा मतदान गर्न र गठबन्धनलाई चक्नाचुर पार्न जनता आतुर भएका छन् । नेकपा एमालेको जित सबै नेपालीको, गरिब सर्वहारा जनताको र सिगों राष्ट्रको जित हो, कालापानी, लिपुलेक, लिम्पीयाधुराको जित हो, उहाँले भन्नुभयो, त्यसैले सुर्यमा मतदान गर्न म यहाँहरुलाई अनुरोध गर्दछु । विकासका थुप्रै अधुरा कामहरु तिब्रताका साथ अगाडी बढाउने र कृषि, उद्योगको क्षेत्रमा आफुले काम गर्ने जोशीको भनाई छ ।


नेकपा एमालेकोतर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा उम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचारप्रसार टोलीले लेकम गाउँपालिकाका सबै छ वटै वडामा पुगेर मतदातासंग भेटघाट गरेको छ । आज लेकम गाउँपालिका वडा नम्बर ३ लाली हुँदै वडा नम्बर ४ खरकडामा पुगेर कोणसभाको आयोजना गरिएको नेकपा एमाले लेकम गाउँपालिका इन्चार्ज परमानन्द जोशीले जानकारी दिनुभयो । खरकडामा आयोजित कोणसभामा सात जना एमालेमा प्रवेस गरेको बताइएको छ । प्रवेस गर्नेहरुमा स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका जसपन्त ठगुन्ना, गोपाल गिरी र धाना चुनारा एमालेमै फर्किएका छन् । यस्तै कांग्रेशबाट महाबिर कुवँर, अमरबहादुर पाल, गगनराम पार्की, धनिराम चुनारा गरी चार जना एमालेमा प्रवेस गरेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीले जानकारी दिनुभयो । यस्तै लेकमको वडा नम्बर ३ मा कांग्रेशबाट हरिदत्त जोशी र गगन सिंह मार्कण्ड एमालेमा प्रवेस गरेका छन् । हिजो भएको भेटघाटमा २०७४ सालमा नेपाली कांग्रेशको तर्फबाट निर्वाचित दलित महिला सदस्य जानकी सार्कीले समेत एमालेमा प्रवेस गरेको जोशीले बताउनुभयो । नवप्रवेशीहरुलाई उम्मेदवारद्धय ठगुन्ना र जोशीले टिका लगाएर पार्टीमा स्वागत गरेको उहाँले बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाले लेकमको समग्र विकासका लागि आफुले काम गर्ने बताउनुभयो । आफुले सासंद हुँदा सुरु गरेका महत्तपूर्ण योजनाहरु पुरा गर्न एमालेले जित्नु आवश्यक रहेको उहाँको भनाई छ । लेकममा निर्माणाधिन खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, सञ्चार, विद्युतका कामहरु पुरा गर्न एमालेले जित्नु आवश्यक रहेको ठगुन्नाले बताउनुभयो । लेकम गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडक निर्माणका लागि आफु मन्त्री भएको बेला सम्झौता भएपनि परमादेशी सरकारले कार्यक्रमबाटै हटाएको ठगुन्नाले बताउनुभयो । निर्वाचनपछि एमाले अध्यक्ष केपी सर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले अधुरा कामहरु पुरा गर्ने उहाँको भनाई छ । ठगुन्ना नेतृत्वको प्रचार टोली आज लेकम गाउँपालिकाको झलातीमा बास बस्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै प्रदेश क्षेत्र नम्बर २ को टोलि नौगाड गाउँपालिका वडा नम्बर ३ को जामिर बडाली गाउँ हुदै वडा नम्बर ४ को पारीवगर कपडे खारखोला होपरी हुदै डाडा सम्म पुगेको प्रदेश सभा २ उम्मेवार रामदत्त जोशीले जानकारी दिनुभयो ।