नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदै,तयारी तिव्र

१ बर्ष अघि

२0७९ कार्तिक १४ सोमबार

नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदै,तयारी तिव्र

दार्चुला । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेको चुनावीसभा दार्चुलाबाट सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १८ गते दार्चुला खलंगाबाट चुनावीसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्रचार तथा प्रकासन विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । 
ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावीसभाको उद्घाटन हुने भएपछि नेकपा एमाले दार्चुलाले तयारी तिव्र पारेको छ । खलंगामा हुने बृहत चुनावीसभामा जिल्लाभरिका धरै मानिस भेला गर्ने तयारी गरेको एमाले दार्चुलालले जनाएको छ । 
पहिलोपटक दार्चुला जिल्लाबाट सुरु हुने देशव्यापी चुनावी अभियान सुरु हुनेभएपछि सबै पालिकाबाट जनमानसको सहभागिता व्यापक बनाउने एमालेले जनाएको छ । ओली आउने भएपछि जनमानसमा उल्लास छाएको छ । थप सबै पार्टी कमिटी, जनवर्गीृय संगठनलाई जनसहभागिता बढाउन परिचालन गरिएको छ बताएको छ ।
दार्चुला जिल्लाको सबै क्षेत्र भूगोलको प्रतिनिधित्व हुने गरी सांस्कृतिक भेषभुषा सहित आमसभामा प्रस्तुत गरिने नेकपा एमाले जिल्ला अध्यक्ष कमिटि अध्यक्ष प्रेमसिह धामीले बताउनु भयो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूगोल समेटेर नक्सा जारि गरेपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीको भ्रमण हुन लागेको हो ।
यसअघि ओली ०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । नौ वर्षपछि पुन दार्चुलामाु हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्न लागेको हो ।
चुनावको मिति नजिकिएसँगै ओलीको देश दौडाहा हुन लागेको छ । गठबन्धनको विरुद्ध चुनाव लडिरहेको एमालेले जिल्लामा आफ्ना शक्ति यथावत राख्न चाहेको छ ।