निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ एमाले अध्यक्ष ओली

१ बर्ष अघि

२0७९ कार्तिक १४ सोमबार

निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ  एमाले अध्यक्ष ओली

काठमाडौँ ।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा – ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने ।


उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपा को सरकार बन्ने उनको दाबी थियो । उनले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।