सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबी

१ बर्ष अघि

२0७९ कार्तिक १४ सोमबार

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबी

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको कसुरमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १० देखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित आज सोमवार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेस गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसुरमा सजायको माग दाबीसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । संहिताको दफा २१९ को उपदफा ३ ९घ० मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

लामिछानेविरुद्ध गएको भदौ २१ गते १७ वर्षकी एक किशोरीले जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकोमा प्रहरीले उनलाई २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।