धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम

५ बर्ष अघि

२0७५ आश्विन २0 शनिबार

धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम

दृष्टीकोण समाचार असोज,२०, कैलाली । बलात्कार तथा महिला हिंसाका घटना बढेपछि धनगढीमा आत्मरक्षा तालिम सुरु भएको छ ।आत्मरक्षासम्बन्धी सात दिने तालिमको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । आधा आकाश र धर्ती ओगटेका महिलाहरु घर र समाजबाट उपेक्षित रहेको भन्दै महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा विद्यालय स्तरदेखि तालिमको ज्ञान दिन रहेको बताए ।तालिममा एक हजार महिला सहभागी रहेको राष्ट्रिय गोजुरियो कराते दो संघकामहासचिव प्रकाश चन्दले जानकारी दिए । तालिम पश्चात सहभागी मध्येबाट उत्कृष्ट सय जनालाई प्रशिक्षकको रूपमा छनोट गरिनेछ र उनीहरूलाई स्थानीय तहमा शिविर सञ्चालनका लागि परिचालन गरिनेछ ।