मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो राहत

१ बर्ष अघि

२0७९ कार्तिक १४ सोमबार

मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो राहत

दार्चुला ।  गत शुक्रबार व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङका ९ वर्षीया पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनिले १६ लाख नेपाली रुपौया दिएको छ ।  आईतवार भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । त्यस्तो घटना नघटनु पर्न हो भैहाल्यो भारतीय निर्माण कम्पनिले जानेर नभएर अचानक दुर्घटना भएको स्थानिय हरुले बताएका छन् । भारतीय निर्माण कम्पनिले क्षेतिपुति दिएकोले पिडित परिवारको थोरै भएपनि सहरा मिलेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो । 

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा गत शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना भएको हो । “हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन ।” उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मृतक बालकका बुबा हिक्मतका अनुसार शनिबार राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिए । “उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु”, उनले भन । घटनापछि भारतीय निर्माण कम्पनीले  पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।

मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए । भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ ।  भारतीय पक्ष द्धारा पनि मृतक परिवारलाई दुख व्यक्त गरेको भारतीय अधिकारी हरुले जनाएको छ