एमाले अध्यक्ष ओली कात्तिक १८ गते दार्चुला आउदै

१ बर्ष अघि

२0७९ कार्तिक १२ शनिबार

एमाले अध्यक्ष ओली कात्तिक १८ गते दार्चुला आउदै

दार्चुला । एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु हुने भएको छ । नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियानको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला आउने भएका छन् । नेकपा एमालेले देशभरको चुनावी अभियान दार्चुलाबाट सुरु गर्न लागेको जनाएको छ । 

 चुनावी अभियान यहि कात्तिक १८ गते दार्चुला सदरमुकाम खलंगामा सुरु हुने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिनभयो ।  बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा चुनावी अभियानको समुद्घाटन हुने छ । यसअघि केपी शर्मा ओली ०७० सालमा दार्चुलाको गोकुलेश्वरमा भएको चुनावी सभालाई सम्बोधन गर्न आउनुभएको थियो । 
 मंसिर ४ गते हुने चुनावमा दार्चुलाबाट प्रतिनिधि सभामा गणेश सिह ठगुन्नालाई उम्म्मेदवार बनाएको छ भने प्रदेश सभा १ मा हरदेब जोशी प्रदेश सभा २ तर्फ रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ ।