सशस्त्र प्रहरीले रक्तदान गर्दा दार्चुलामा एक महिलाको ज्यान जोगियो

१ बर्ष अघि

२0७९ कार्तिक १२ शनिबार

सशस्त्र प्रहरीले रक्तदान गर्दा दार्चुलामा एक महिलाको ज्यान जोगियो

दार्चुला – सशस्त्र प्रहरीले रक्तदान गर्दा दार्चुलामा अत्यधिक रक्तश्राव भएकी एक महिलाको ज्यान जोगिएको छ । जिल्लाको व्याँस गाउँपालिका–६ पन्खालकी २६ वर्षीया जानकी भट्टलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत महिमन बोहराले रगत दिएपछि ज्यान जोगिएको हो ।

शुक्रवार अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल भर्ना भएकी भट्टलाई सशस्त्र प्रहरी जवान बोहराले १ पिन्ट रगतदान गरेका  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर विष्टले जानकारी दिए ।

दार्चुलामा रक्त सञ्चार केन्द्र नहुँदा रगत आवश्यक परेको बेला सेना, प्रहरीकै भर पर्नुपर्ने बाध्यता रही आएको छ । रगत चाहिने आकस्मिक बिरामीहरुका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले रक्तदान गर्दै आएका छन् ।