चुनावी अभियान उद्घाटनको तयारी भव्य बनाउँदै एमाले

१ बर्ष अघि

२0७९ कार्तिक १0 बिहीबार

चुनावी अभियान उद्घाटनको तयारी भव्य बनाउँदै एमाले

दार्चुला । यहीँ कात्तिक १८ गते दार्चुला सदरमुकाम खलंगामा हुने नेकपा एमालेको चुनावी अभियानको उद्घाटन भव्य बनाउने तयारी थालेको छ । राष्ट्यि निर्वाचनका अधिकांश चुनावी अभियान काठमाण्डौँ वा पूर्वबाट हुने गरेकोमा पहिलो पटक एमालेको राष्ट्यि चुनावी अभियानको समुद्घाटन दार्चुला खलंगाबाट हुने भएको हो ।
आगामी मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्दै एमालेको चुनावी अभियान सुरु हुन लागेको हो । चुनावी अभियानको लागि खलंगामा मञ्च व्यवस्थापन, प्रचारप्रसारको कामतिव्र पारिएको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । एमालेले चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन एमालेकै सरकार भन्ने मूल नाराकासाथ अभियानको थालनी गर्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख बडाल भन्नुहुन्छ, केपी ओलीकै पालामा नेपालको भूगोल बढ्नेगरी नक्सा जारी भयो, अब भूगोल फिर्ताको लागि एमालेकै सरकार चाहिन्छ ।
उहाँले भन्नुभयो, पहिलो पटक राष्ट्व्यापी चुनावी अभियान दार्चुलाबाट सुरु हुनुले ओलीको यो जिल्लाप्रति लगाव पनि देखिन्छ । खासगरी भारतले अतिक्रमण गरेको दार्चुलाकै भूगोल नक्सामा बढेको कारण पनि ओलीले योपटक यही भूमिमा आएर चुनावी अभियाको समुद्घाटन गर्न लागेको बडालको भनाई छ ।
चुनावी अभियानको लागि एमाले प्रचारप्रसार समितिले प्रचारको कामतिव्र पारेको छ । नौवटै स्थानीय तहबाट चुनावी अभियानमा कार्यकर्ता सहभागिता गराउने तयारी गरिएको छ । कात्तिक १८ गते हुने चुनावी अभियानअन्तर्गत बिहान ११ बजे खुलामञ्चमा देशव्यापी चुनावी अभियानको समुद्घाटन हुनेछ ।
भारत र चीनसँग सीमा जोडिएको यो जिल्लाबाट चुनावी अभियान थालेर एमालेले  राष्ट्रवादी’ मुद्दा चर्काउने संकेत गरेको छ । भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र समेटेर एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेपछि दार्चुलाबासी पनि उत्साहित छन् । देशभरका चुनावी अभियानको व्यानरमा चुच्चे नक्सालाई राखिने गरी एमालेले तयारी थालेको छ । 
यसैबीच नेकपा एमालेको मूलप्रचार टोली शैल्यशिखर नगरपालिकामा पुगेको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी लगायतको टोली शैल्यशिखर नगरपालिका पुगेको हो । शैल्यशिखर नगरपालिका वडा नम्बर २ को तौकी, तारुली, कालीपातल लगायतका वस्तीमा भेटघाट तथा सम्बोधन गर्नुभएको छ ।
कार्यकर्ता भेटघाटको क्रममा प्रतिनिधिसभा उम्मेदवार ठगुन्नाले दुई दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल आफुले सुरु गरेको भन्दै आगामी पाँच वर्षभित्र पूरा गराउने बताउनुभयो । यो विमानस्थल पुर्ननिर्माणको काम सुरु भएको छ । मैले मन्त्री हुँदा ५० करोडको बहुबर्षिय ठेक्का लागेर काम सुरु भएको हो, उहाँले भन्नुभयो, आगामी दुई बर्षभित्र पुर्ननिर्माणको काम सक्ने गरी काम हुन्छ । 
यो पूरा गराउन एकपटक जिल्लाबासीले मत दिएर पूरा गराउने काममा लगाउनुहोस् । यसअघि पनि थुप्रै व्यक्ति सरकारमा गए मन्त्री भए तर विमानस्थल निर्माणको काम किन गर्न सकेनन्, जनताले सोध्नुपर्छ उहाँको भनाई छ ।
जिल्लाकै दोस्रो महत्वपूर्ण सडक खलंगाखारदेथलाबिटुलेपारिबगरखण्डेश्वरी सडकको ३५ करोड बजेट विनियोजन भएर निर्माणको कामअघि बढेको छ । तत्पश्चात नेकपा एमालेको सरकारले यो सडकलाई रणनीतिक सडकअन्तर्गत ६० करोड थप बजेट बिनियोजन गरेको छ ।
दार्चुलातिंकर सडकमा एमाले सरकारमा हुँदा एक अर्व ३ करोड बजेट विनियोजन भएको थियो । अहिले जिल्लाका मन्त्री हुँदा कति बजेट छ, पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो, जनताले सोध्नुहोस् तिंकर सडकमा कति बजेट छ । राताकाठामा अड्कीएको सडक आफ्नो पहलमा अघि बढेको भन्दै उहाँले भन्नुभयो, हाम्रै सरकारमा भएको बेला नेपाली सेनालाई दिएर निर्माण कामअघि बढेको छ ।
अहिलेको निर्वाचन राष्ट्यि नीति र राष्ट्यि सरकार बनाउने चुनाव हो । कुनै पनि व्यक्ति जिताउने हराउनेभन्दा पनि राष्ट् बनाउने र आफ्नो नीति कार्यान्वयन गर्न एमालेको सरकार आवश्यक रहेको उहाँले सम्बोधनको क्रममा बताउनुभयो । जनतालाई विकास मात्र हैन सामाजिक सुरक्षा अन्तर्गत पनि थुप्रै काम गरेको नेता ठगुन्नाको भनाई छ । एमाले जहिल्यै गरिब जनताको पक्षमा हुन्छ । परमादेशी सरकारले पनि बजेट ल्यायो । तर सामाजिक सुरक्षाका क्षेत्रमा किन बजेट बढाउन सकेनन् । उहाँले थप्नुभयो, अहिलेको काग्रेस माओवादीको सरकार गरिब जनतालाई हैन्, आफ्ना कार्यकर्तालाई कमिशन दिएर आफुमात्रै कमाउने योजनामा लागेको छ ।
यस्तै केन्ीय समपुरक अनुदान अन्तर्गत गोकुलेश्वरबोहरीगाँउबन्तोली सडक र तपोवनमुरैसिप्टी सडकमा एक अर्ब १० करोड रकम बिनियोजन गरि निर्माणको कामअघि बढेको उहाँले बताउनुभयो । 
समपुरक अनुदानअन्तर्गत गोकुलेश्वरलाली सडक,  होपरीसिप्टी सडक, जामीरईयरकोटसामपाङ्ग सडक, ऐरिछानाडाडाकोट सडक, लटिनाथसार्सिबजानी सडक, पारिबगडगुल्जरपरमचुली सडक, देथलारानिशिखरआगर सडकलगायतका सडकहरु सञ्चालनमा छन् । 
शैल्यशिखर नगरपालिका वाडा नम्बर २ को कुकुडेपानीमा भएको मतदाता भेटघाट कार्यक्रममा टिकाराम विक, तेजराम विक, अशोक लावड, चन्नरराम लावड, सर्पे ओड, दिलाराम महर, मानसिंह धामी,  कृष्ण महर र ०५४ सालमा रानिशिखर गाविस ४ बाट निर्वाचित नेपाली काग्रेसका निदराम भट्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यसैबीच प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली महाकाली नगरपालिका ८ मा घरदैलो अभियानमा व्यस्त छन् भने सामानुपातिक उम्मेदवार दीपा बुढाथोकी नौगाड हुँदे मार्मा क्षेत्रमा घरदैलो अभियानमा छ ।