विटुले–पारिबगर सडक खण्डमा अरु पार्टीले जस लिने प्रयास नगरे हुन्छ’ ः ठगुन्ना

१ बर्ष अघि

२0७९ कार्तिक ६ आईतवार

विटुले–पारिबगर सडक खण्डमा अरु पार्टीले जस लिने प्रयास नगरे हुन्छ’ ः ठगुन्ना

दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले मार्मा क्षेत्रको विकास लागि अन्यपार्टीले जस लिन ठाउँ नरहेको बताउनुभएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ को ताकु घोल्जर लगायतका क्षेत्रमा घरदैलो अभियानमा पुग्नुभएका पूर्वमन्त्रीसमेत रहनुभएका ठगुन्नाले मार्माको विकासमा आप्mनो योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, काग्रेसले मार्मा क्षेत्रको विकासको लागि कहिल्यै सोचेन्, । यो क्षेत्रको सडकको लागि हामीहरुकै पहलमा अघि बढेको इतिहास साक्षी छ ।  खलंगाखारदेथला सडक र बिटुलेपारिबगरखण्डेश्वरी सडकमा मैले ०७४ सालमा ३५ करोड र १५ करोड रुपैयाँ विनियोजन गरेको मेरो पहलमा हो उहाँले भन्नुभयो ।  ०७४ सालपछि सो सडकलाई प्रदेशमा हस्तान्तरण गरिएपछि प्रदेश गौरबको योजनामा समावेश गरिएको हो । तत्कालीन नेकपा सरकार हुँदा यो सडकमा ६० करोड बजेट विनियोजन गरेर कालोपत्रे प्रक्रिया अघि बढ्यो ।
हामी कम्युनिस्ट हुँदामात्रै मार्मा क्षेत्रको सडक विकास, पर्यटन विकास अघि बढेको छ । गुल्जर सांस्कृतिक पर्यटकीय कार्यक्रम, अपि सिद्धमकरीकोट सिढी, नौगाडको छिपुलथान डाईभर्सिटी पार्कलगायत पर्यटन क्षेत्रमा योजनाहरु आफुले बजेट विनियोजना गराएको उहाँको भनाई छ । 
मार्माको लटिनाथ र अपि हिमाल गाउँपालिकामा पालिकाको साझेदारीमा खेलमैदान कार्यक्रम सञ्चालन भएका छन् । भने मार्मा र नौगाडमा औद्योगिक ग्रामको कार्यक्रम सुरुवात आफुले गराएको पूर्व मन्त्री ठगुन्नाले बताउनुभयो । हामीले बाहेक ०७० अघिसम्म काग्रेसले यो क्षेत्रको विकासको लागि के योजना ल्यायो जनतालाई भन्नुपर्छ । 
मार्मा क्षेत्र कम्युनिस्टको आधारशिला रहेको भन्दै उहाँले भन्नुभयो, कम्युनिस्ट क्षेत्ररहेको ठाउँका नागरिकलाई अहिले काग्रेसको रुख चिन्हमा भोट माग्दै गरेका नेताहरु देखेर दया लाग्यो । जनयुद्धको सुरुवात हुँदा यहाँका नागरिकको भूमिका महत्वपूर्ण छ । हामीले चुनेका नेताहरु अहिले आफ्नो सिद्धान्त विर्षेर काग्रेसकोपछि लागेर भोट माग्न लागेको भन्दै त्यसको फैसला जनताले गर्नुपर्ने बताउनुभयो ।
काग्रेसका उम्मेदवार बडूले नै यहाँका मार्माली जनताका छोराछोरी सुरक्षाकर्मीबाट कुटाइए, जेल हालिए, सार्वजनिक मुद्धा लगायो । तर अहिले बडूकै प्रचारमा लागेका मार्माली जनताका छोराछोरीले आफ्नो इतिहास बिर्षन नहुने ठगुन्नाको भनाईछ ।
चुनावी प्रचारप्रसारको क्रममा प्रतिनिधिसभा उम्मेदवार ठगुन्ना मार्मा क्षेत्रका विकट वस्ती पुगेका छन् । चुनाव प्रचारप्रसारमा प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्य सहभागि छन् ।
यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी व्याँस गाउँपालिका हुँदै प्रचारप्रसारको क्रममा महाकाली नगरपालिकामा घरदैलो अभियानमा छन् । 
पालिकास्तरीय कार्यक्रम अन्तर्गत नेकपा एमालेले नौगाडको वडा नम्बर १ र २ मा निर्वाचन परिचालन कमिटी गठन भइसकेको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ बाहेकका अन्य वडाहरुमा निर्वाचन परिचालन कमिटी गठन भइसकेको पालिका कमिटी अध्यक्ष दिलिपसिह रोकायाले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकामा नगर कमिटी इन्चार्ज विजयसिह धामीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
यसैबीच अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्यार्थी युनियले आइतबारबाट चुनावी अभियान सुरु गरेको छ । अखिलले हरेक स्थानीय तहमा विद्यार्थीहरुलाई चुनावसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत दुहुँ गाउँपालिकाको धारीमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको अखिलका जिल्ला सचिव नरेन्द्रप्रसाद जोशीले  जानकारी दिनुभयो । अखिलले कात्तिक ७ व्याँस गाउँपालिकाको सुनसेरा, कात्तिक ८ गते महाकाली नगरपालिकाको धाप, ९ गते मालिकार्जुन गाउँपालिकाको पस्ती, १० गते लेकम गाउँपालिकाको रातामाटा, ११ गते नौगाड गाउँपालिकाको होपरीगाड, १३ गते मार्मा गाउँपालिकाको लटिनाथ र १४ गते अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।