मानसखण्ड धार्मिक महोत्वस व्यवस्थापनका लागि उपसमित गठन

५ बर्ष अघि

२0७५ आश्विन २0 शनिबार

मानसखण्ड धार्मिक महोत्वस व्यवस्थापनका लागि उपसमित गठन

सुलोचना महता, असोज १९ दार्चुला । प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै महेन्द्र नमुना माविले आयोजना आगामी कार्तिक ८ गतेबाट १६ गतेसम्म आयोजना गर्न लागेको मानसखण्ड धार्मिक महोत्वसव थप व्यवस्थापन गर्नको लागि विभिन्न १९ वटा उपसमितिहरु गठन गरिएका छन् । मानसखण्ड धार्मिक महोत्वस २०७५ को मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख करबिरबहादुर कार्की अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव व्यवस्थापनका बारेमा कार्य विभाजन गरिएको छ । उपसमिति यज्ञ निमार्ण उपसमितिका संयोजक दिपक राज अवस्थी, दाता पहिचान उपसमिति संयोजक ममता अवस्थी, तुलादान दाता पहिचान तथा औद्योगिक तथा व्यापारिक समन्वय उपसमिति संयोजक मंगलसिंह ठगुन्ना, राजनितिक दल समन्वय उपसमिति संयोजक गणेश कुमार जोशी, शिक्षक तथा पुर्व विद्यार्थी उपसमिति संयोजक प्रेम बल्लभ जोशी, प्रवासी नेपाली समन्वय उपसमिति संयोजक केशवदत्त जोशी, भान्सा व्यवस्थापन उपसमिति संयोजक पुस्पराज जोशी, दुना टपरी व्यवस्थापन उपसमिति संयोजक गोमा धामी, यातायात तथा व्यवस्थापन उपसमिति संयोजक करनसिंह ठगुन्ना, प्रचार—पसार उपसमिति संयोजक किस्नानन्द अवस्थी रहेको छन् । यसैगरी अतिथि स्वागत सत्कार उपसमिति संयोजक, पुर्णानन्द जोशी, आवास व्यवस्थापन उपसमिति संयोजक जयराज जोशी, स्वयंसेवक व्यवस्थापन समिति संयोजक जमन सिंह महरा, सरकारी तथा गैरसरकारी संस्था समन्वय उपसमिति संयोजक केशवदत्त जोशी, आमा समुह समन्वय उपसमिति संयोजक सावित्री जोशी, वडा कार्यालय समन्वय उपसमिति संयोजक तोरनप्रसाद अवस्थी, यज्ञ सामग्री खरिद उपसमिति संयोजक हरिशचन्द्र भट्ट र पन्चेबाजा व्यवस्थापन उपसमिति संयोजकमा दिनेशराज जोशीलाई चयन गरिएको छ । रहनुभएका छन् । कार्यक्रममा सु—संस्कार समाज नेपालका अभियन्ता तथा कलाकार बसन्त सादक र भरत रैसालको पनि सहभागिता रहेको थियो ।