जनताको अदालतमा गएका छौँ, फैसला जनताले गर्नेछन्’ एमाले नेता ठगुन्ना

१ बर्ष अघि

२0७९ कार्तिक ४ शुक्रबार

जनताको अदालतमा गएका छौँ, फैसला जनताले गर्नेछन्’ एमाले नेता ठगुन्ना

दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना नेतृत्वको टोली मार्मा हुँदै अपिहिमाल गाउँपालिका पुगेको छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ धङ्कङ, वडा नम्बर ५ को लुम्थी साउगन्ना हुँदै मकरीगाड पुगेको छ । मालिकार्जुनधामबाट सुरु भएको घरदैलो अभियान शैल्यशिखर, मार्मा, हुँदै अपि पुगेको हो । अभियान उत्साहजनक रहेको एमालेले जनाएको छ ।  प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नालाई घरदैलो भेटघाटको क्रममा युवादेखि बृद्धबृद्धाले सम्मान गरिरहेका छन् । भेटघाटमा ठगुन्नाले आफु जिल्लाको जनप्रतिनिधि हुँदा गरेका कामहरु जनतालाई प्रष्ट्याउनुभएको छ ।  तत्कालीन जिल्ला विकास समितिको सभापतिबाट सुरु भएका विकास निर्माण कार्यहरु सांसद हुँदा मूर्तरुप दिन पाइएको छ, ठगुन्नाले मतदाता माझ भन्ने गरेका छन् । अधुरा र अपूरा योजनाहरु अबका पाँच वर्षमा पूरा गर्ने उहाँको प्रतिवद्धता छ ।  उहाँले भन्नुभयो, अहिलेको निर्वाचन निर्णायक छ । अपवित्र गठबन्धनले संविधानको ध्वजा बनाएको छ । राष्ट्रियता खतरामा छ । एमालेलाई विजयी गराएर राष्ट्र र राष्ट्रियता जोगाउने कि देश बेचुवाहरुलाई सुम्पिने जनताले निर्णय गर्ने बेला भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, देशको विकास गर्न सक्ने पार्टी एमाले मात्रै हो भन्ने प्रमाणित भइसकेको छ । केपी ओली सरकारको पालामा सुरु भएका अधिंकाश योजना र बजेट गठबन्धन सरकारले कटौती गरि विकास निर्माणमा बाधक बनेको ठगुन्नाको आरोप छ । 


अहिलेको सरकार राज्य दोहन गर्न मात्रै बनेको प्रष्ट भइसकेको छ, उहाँले भन्नुभयो, सबै क्षेत्रमा सेटिङ मिलाएर देश बर्बादीमा धकेल्दैछन् । कानुनी राज्यको उपहास भएको छ । यहाँहरुले देखिसक्नुभएको छ । अहिलेको सरकारको कामकारवाही । हाम्रो पालामा विकास निर्माणतिव्र रुपमा अघि बढेकै देखेर गठबन्धन आतिएको छ । विकास गर्न सक्ने पार्टी जिताउने कि विकास विरोधी पार्टी जिताउने यो फैसला जनताले गर्नेछन् उहाँले भन्नुभयो, हामी प्रष्ट रुपमा एमाले सरकारको पालामा र जिल्लामा आफ्नो नेतृत्वमा भएको विकासको एजेण्डा बोकेर जनताको अदालतमा गएका छौ । स्थानीय तहमा पाँच देखि १० सैययाको अस्पताल, ५० सैय्याको जिल्ला अस्पताल हामीले सुरु गरेका छौ । गाउँमै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न यो धारणा ल्याइएको हो ।


एमालेको मूल टोलिमा प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशी सहभागि हुनुुहुन्छ । एमाले जिल्ला कमिटीका पूर्व अध्यक्ष समेत रहनुभएका जोशी राजनीतिमा अनुभवी नेता हुनुहुन्छ । जिल्लाको विकासको लागि केही गरौँ भनेर आफु पहिलो पटक चुनावमा होमिएको उहाँको भनाई छ । मेरो यो उमेरमा कमाउनु केही छैन्, उहाँले भन्नुभयो, यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ ।  टोलीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देवसिह महर, धर्मानन्द मन्याल, कृष्णसिह धामी, उमेशसिह खत्री लगायतको सहभागिता रहेको छ । 


यस्तै प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी आज दुहुँ क्षेत्रको घरदैलोमा छन्। एमालेका युवा नेता जोशी बौद्धिक नेता मानिन्छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराको एजेण्डा बोकेरै आफु चनाउमा होमिएको छु उहाँले भन्नुभयो, मेरो कार्यकालमा भूमि फिर्ताको लागि पहल गर्छु । हाम्रै सरकारको पालामा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा जारी भयो । अब भूमि फिर्ताको लागि हाम्रै सरकार प्रदेश र सरकारमा चाहिन्छ । यस्तै दार्चुला तिंकर सडक पाँच वर्षभित्र सक्ने हाम्रो योजना छ, उहाँले भन्नुभयो ।