जिल्लाको विकासको लागि एमाले जित्नुपर्छ’ ःनेता ठगुन्ना

१ बर्ष अघि

२0७९ कार्तिक २ बुधबार

जिल्लाको विकासको लागि एमाले जित्नुपर्छ’ ःनेता  ठगुन्ना

दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले जिल्लाको विकासको लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभएको छ । निरन्तर दुई पटक जिल्लाबाट विजयी हुनुभएका ठगुन्ना ६ महिना मन्त्री हुदाँ आफूले सुरु गरेका योजना पूरा गर्न एमालेले जित्नु आवश्यक रहेको बताउनुभएको हो ।
चुनावी घरदैलोको क्रममा मार्मा गाउँपालिका ४ थाम हुँदै बार्कु प्रस्थान गर्ने क्रममा उहाँले मतदातामाझ भन्नुभयो, ‘जिल्लाको लागि महत्वपूर्ण ठूला योजनाहरु यो पाँच वर्षको अवधिमा पूरा गर्नुपर्ने छ ।’ नेपाली काग्रेसले ०४८ सालदेखि सुरुवात गर्न नसकेका कामहरु आफु सांसद र मन्त्री हुँदा सुरु भइसकेको बताउनुभयो ।
आफु सरकारमा सहभागि भएकै बेला दुई दशकदेखि गौचरनमा परिणत भएको गोकुलेश्वर विमानस्थलको काम बहुवर्षीय ठेक्का लागेर सुरु भइसकेको छ । विटुले– पारिबगर हुँदै खण्डेश्वरी जोड्ने सडक कालोपत्रेको लागि ठेक्का भएका छन् । यही मार्माको भैसे, घट्टेगाड र पारिबगरमा मोटरेवल पूल निर्माणको काम भएका छन् । 
‘अहिलेसम्म जिल्लाको विकासको बाधक काग्रेस हो,’ उहाँले भन्नुभयो, ‘काग्रेसको पालामा केके विकासका काम भए । जनतामा जाआँै ।’ प्रमाणको आधारमा बहस गर्न आफु जहाँ पनि तयार रहेको उहाँको भनाई छ ।
गोकुलेश्वरखारखलंगा जोड्ने सडक कामको लागि खाद्यान्नमार्फत आफु जिल्ला विकास समितिको नेतृत्व गर्दा सुरु भएको उहाँले बताउनुभयो । प्रदेशसभा १ (२) मा पार्टीकै अग्रज रामदत्त जोशी उम्मेदवार बनेका छन् । एमालेको मूल प्रचार टोली शैल्यशिखर, नौगाड हुँदै मार्मा गाउँपालिका पुगेको छ । 
यस्तै प्रदेशसभा १ (१) का उममेदवार हरदेव जोशी व्याँस गाउँपालिका हुँदै दुहुँ गाउँपालिका पुगेका छन् । एमालेका युवा नेता जोशी पहिलोपटक जिल्लाबाट प्रदेशसभा उम्मेदवार बनेका हुन् । 
व्याँस क्षेत्रमा घरदैलो कार्यक्रम उत्साहजनक रहेको भन्दै जोशीले भन्नुभयो, ‘जनताले एमालेलाई विश्वास गरेका छन् ।’ गठबन्धनमा जोडिएको नेपाली काग्रेँसले यो क्षेत्रमा आफ्नो उम्मेदवार समेत पाउन नसकेको कारण जनता काग्रेसप्रति उत्साहित छैनन जोशी भन्नुहुन्छ, ‘आफु यही माटोमा हुर्किएको र विकास गर्न सक्ने क्षमता आफुमा जनताले देखेका छन् ।’
यसैबीच नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मानन्द मन्याल, उमेशसिह खत्री लगायतको टोली अपिहिमाल गाउँपालिका ६ मा पुगेका छन् । लेकम गाउँपालिकामा इन्चार्ज प्रमानन्द जोशी प्रदेश कमिटी सदस्य इन्द्रसिह विष्ट नेतृत्वको टोली लेकम गाउँपालिकामा खटिएको छ । लेकममा निर्वाचन परिचालन कमिटीलाई सक्रिय बनाउने, निर्वाचन बुथ संरक्षण युवा दस्ता बनाउने काम भइरहेको छ । दुहुँ गाउँपालिकामा एकैपटक पाँचवटै वडामा निर्वाचन परिचालन कमिटी बस्ने भएको छ । 
महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिकामा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र पालिका कमिटी इन्चार्ज अध्यक्षलाई निर्वाचनको काममा परिचालन गर्न निर्देशन भएको एमाले जिल्ला कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।