नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट महासचिवमा विप्लव चयन

१ बर्ष अघि

२0७९ कार्तिक २ बुधबार

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट महासचिवमा विप्लव चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द ९विप्लव० चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।

विप्लव यसअघि पनि महासचिव थिए। कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुनस् विप्लव चयन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो।