भोली देखि दार्चुलामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन हुने

१ बर्ष अघि

२0७९ कार्तिक २ बुधबार

भोली देखि दार्चुलामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन हुने

दार्चुला । दार्चुलामा भोली देखि मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन गरिने भएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिका तर्फबाट मतदानस्थल र मतदानकेन्द्रको अनुगमन गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ ।

निर्वाचनको तयारी स्वरुप जिल्लाका स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको अनुगमनरनिरीक्षण कार्य हुने उनले बताए । मतदानस्थल र केन्द्रहरुको भौतिक अवस्था, सुरक्षा संवेदनशीलताका लगायतका पक्षमा अनुगमन गरिने बताइएको छ ।


मतदानस्थल र मतदान केन्द्रहरु अपांगमैत्री छन् कि छैनन्  सुरक्षा संवदेनशीलतामा के छ  भन्ने बिषयमा अध्ययन हुने जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । कात्तिक ३ गते हिमाली स्थानीय तह अपि हिमाल नौगाड मार्मा गाउँपालिका बाट मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमन हुने बताइएको छ ।

अनुगमन गरेका स्थानीय तहमा मतदानस्थल र मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइने छ । अनुगमन सकिएपछि मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलता निर्धारण गरिने बताइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा ११२ वटा मतदानस्थल केन्द्र रहेका छन भने १४१ वटा मतदानकेन्द्र कायम गरेको छ ।

यि मध्ये दार्चुलामा सुरक्षाको दृष्टिकोणले १४ मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले २३ मतदान केन्द्र संवेदनशील र ७७ वटा समान्य सूचीमा राखेको जनाएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँच गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । कात्तिक ३ गते बाट सुरु हुने मतदानस्थल र मतदान केन्द्रहरुको अनुगमनमा जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु जाने सुरक्षा समितिले जनाएको छ ।