दार्चुलामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१ बर्ष अघि

२0७९ कार्तिक २ बुधबार

दार्चुलामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

दार्चला । दार्चुलामा पनि बालबालिकालाई  भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । देशभरि  जस्तै  दार्चुलामा पनि आज देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो ।

आजदेखि जिल्लाका ६ महिना देखि ५ वर्ष सम्मका ११ हजार ८  सय ७ बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिना  देखि ५ वर्षका १० हजार ५ सय १६ बालबालिकाहरुलाई जुकाको औषधि  खुवाइन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका  सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

आज छुटेका बालबालिकालाई भोलि पनि  खुवाइने सूचना अधिकारी कार्कीले बताउनु भयो । स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि जिल्ला भित्र स्वयंसेविका परिचालन गरिएका बताइएको छ ।   ६ महिनादेखि ५ वर्ष ्सम्मका  बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।