मार्माली जनताले ठगुन्नालाई भने ‘चुनावमा भोट तपाईलाई ढुक्कहुनुहोस्’

१ बर्ष अघि

२0७९ कार्तिक १ मंगलवार

मार्माली जनताले ठगुन्नालाई भने ‘चुनावमा भोट तपाईलाई ढुक्कहुनुहोस्’

दार्चुला । नेकपा एमालेको मूल टोली यतिबेला घरदैलो अभियान अन्तर्गत मार्मा पुगेको छ । मार्मा गाउँपालिकाको वडा नम्बर ६ छिपान, माङदाङ, हुँदै वडा नम्बर ५ को जन्नीगाउँ पुगेको छ ।
एमालेका प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा (२) का उम्मेदवार रामदत्त जोशी लगायतको टोली गाउँगाउँ पुग्दा जनता निकै खुसी छन् । हातमा फुलमाला र थालीमा अच्छेता सिन्दुर ल्याएर जनता उम्मेदवारलाई स्वागत गरिरहेका छन् ।
‘मार्मा क्षेत्रकै दुर्गम मानिएका वस्तीमा प्रतिनिधिसभा उम्मेदवार ठगुन्ना नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागि नेता खेमराज जोशीले भन्नुभयो, ‘जनतामाथि एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’
महिलादेखि बृद्धबृद्धाहरुले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएका छन् । मार्मा उस्तै कम्युनिस्ट क्षेत्र हो । ‘हाम्रोनेता भनेकै अहिलेसम्म तपाईलाई नै मानेका छौँ,’ स्थानीयले पुर्वमन्त्री ठगुन्नासँग गरेको भनाई उद्धृत गर्दै जोशीले भन्नुभयो, ‘जनताले पुन एमाले जितोस् भन्ने चाहेको छ ।’
एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका ठगुन्नाले दार्चुलाको सन्दर्भमा आफु संसदमा भएयता विकास निर्माणका दीर्घकालीन कामहरु भएको बताउनुभयो । केही काम सकिएका छन्, केही निर्माणकै चरणमा छन् । आफ्ना कार्यकालमा भएका विकास निर्माण जनताले प्रत्यक्ष देखेका छन्, । उहाँले थप्नुभयो, ‘अझै राष्ट्यि गौरबका योजनाहरु निर्माण सक्न र हाम्रो भूमि फिर्ताको लागि पहल गर्न एकपटक पुन ः जिल्लाबासीले मत दिएर आर्शीवाद दिनुपर्छ ।’
प्रदेशसभा (२) का उम्मेदवार रामदत्त जोशीले जिल्लाको विकासको लागि एमालेमात्रै सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काग्रेसले ०४८ सालदेखि जितेर सिन्को भाँच्न सकेन्, स्वयं बडूले जिल्लामा पत्रकारसम्मेलन गरेरै स्वीकार गर्नुभएको छ । आफुले बोलेका कुरा कार्यान्वयन गर्न नसक्नेलाई मत दिएर आफ्नो मत खेर नफालौ ।’ हामीले जिल्ला विकास समितिको नेतृत्व गर्दाखेरि जिल्लाको विकासको योजना अघि सारेका थियौँ । उहाँले थप्नुभयो, ‘ती पूरा हुँदै गएका छन् । १० वर्ष नेतृत्व गर्दा अधिकांश ठाउँमा विकास देखिने गरी परिवर्तन भएका छन् ।’
अभियानमा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी, प्रदेश कमिटी सदस्य देवसिह महर, कृष्णसिह धामी, पार्टी सचिव शेरसिह धामी, सचिवालय सदस्य खेमराज जोशी लगायतको सहभागिता रहेको छ ।
यस्तै प्रदेशसा (१) का उम्मेदवार हरदेव जोशी नेतृत्वको टोली व्याँस गाउँपालिका ४ डोकट र वडा नम्बर ५ स्याँकुमा घरदैलो भेटघाट गरेका छन् । वडा नम्बर २ को दुम्लींग, मालगाउँ, राप्ला, तुसरपानी, सिना, सुनसेरा हुँदै जोशी नेतृत्वको टोली डोकट पुगेको हो । टोलीमा जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकी, लगायतको सहभागिता छ ।
यसैबीच एमालेका स्थानीय तहहरुमा समेत पार्टी प्रचारका कामहरु अघि बढेका छन् । मालिकार्जुन गाउँपालिका हरेक वडातहमा निर्वाचन परिचालन कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
अपिहिमाल गाउँपालिकामा दिलिपसिह रोकायाका अनुसार निर्वाचन परिचालन कमिटी सबै वडामा परिचालन भएको छ । प्रदेश कमिटी, जिल्ला कमिटी पालिका कमिटी सबै परिचालन भएको उहाँको भनाई छ । यस्तै प्रदेश कमिटी सदस्य उमेश सिह खत्रीकाे टाेली सकार हुँदै दैभात पुगेकाे छ ।
नौगाड गाउँपालिकामा पालिका कमिटी अध्यक्ष जनकसिह ठगुन्नाका अनुसार मंगलबारबाट वडा कमिटी परिचालन गरिएको छ । सबै वडामा जिम्मेवारी बाँडफाँड गरि निर्वाचनसम्म पठाइएको छ ।
लेकम गाउँपालिकाको वडा नम्बर ४ खरकाँडामा वडा कमिटी बैठकबसी निर्वाचनमा होमिने निर्णय भएको पुष्पराज जोशीले जानकारी दिनुभयो । बैठकमा  प्रदेश कमिटी सदस्य ईन्द्र सिह विष्टकाे अातिथ्यता रहेकाे थियाे ।
दुहु गाउँपालिकामा कात्तिक ५ गतेबाट सबै वडामा एकसाथ वडा कमिटी निर्वाचन प्रसारप्रसारमा खटिने निर्णय भएको पालिका कमिटी अध्यक्ष जंगबहादुर बंमले जानकारी दिनुभयो ।