काग्रेश नेता बडू मन्त्री भएपछि जिल्लामा विकास बजेट घटेको एमाले नेता ठगुन्नाको आरोप

१ बर्ष अघि

२0७९ आश्विन २६ बुधबार

काग्रेश नेता बडू मन्त्री भएपछि जिल्लामा विकास बजेट घटेको एमाले नेता ठगुन्नाको आरोप

दार्चुला ।  नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका गणेशसिह ठगुन्नाले नेपाली काग्रेसका दिलेन्द्रप्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएपछि जिल्लाको विकास बजेट काटेको आरोप लगाउनुभएको छ । उम्मेदवारीको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ठगुन्नाले बडू मन्त्री भएपछि आफुले हालेका सबै बजेट काटेको आरोप लगाउनुभएको हो ।
हरेक विकास बजेट कटौती गरिएका छन् । एमाले पोलिटव्यूरो सदस्य समेत रहनुभएका ठगुन्नाले भन्नुभयो, काग्रेसका मन्त्री भएपछि  कुन क्षेत्रमा बजेट बढाउनुभएको छ । एक क्षेत्र पनि बजेट बढाएर ल्याएको देखाउनुस् म पनि सहयोग गर्छु । 
आफु मन्त्री सांसद हुँदा ल्याएका योजना र बजेट कटौती गरिएका छन् । मैले संघीय सरकारबाट जिल्लाको लागि गर्नुपर्ने विकास के बाँकी रहेको छ । अहिलेका मन्त्रीले ०४८ सालयता योजनाको काम गर्न नसकेको स्वयंले स्वीकार गर्नुभएको छ । आफु १० वर्ष संसद हुँदा जिल्लाका नीतिगत निर्णय देखि सबै ठूला योजनाहरु अघि बढेको उहाँले बताउनुभयो । आफुले गरेका कामहरु जनताको विचमा सार्वजनिक गरौँ, कसले कति गरेका छन् ।

नक्सा जारी गरौँ भूमि फिर्ता गर्न हामीलाई जिताउनुहोस्
नेकपा एमाले प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका एमाले पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले भारतले अतिक्रमण गरेको भूमि समेटेर नेकपा एमालेले नक्सा जारी गरेको भन्दै भूमि फिर्ताको लागि एक पटक एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले प्रचार प्रसार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भूमि फिर्ताको लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाले भन्नुभयो, अहिलेको अपवित्र गठबन्धन सरकारले चुच्चे नक्साको बारेमा एक शब्द अहिलेसम्म बोलेको छैन् । हामीले जारी गरेको नक्सा मात्र नभई भूमि फिर्ता ल्याउन एक पटक एमालेको सरकार चाहिन्छ । 
उहाँले आफुले ९ वर्ष दार्चुलाबाट नेतृत्व गर्दा गरेका १८ बुदे काम जनतामाझ ल्याउनुभएको छ । जिल्लाको विकास निर्माणमा गरेका कामहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो । विकासको सवालमा ०४८ सालदेखि काग्रेसले जिल्लाको नेतृत्व गर्दा सिन्को भाचेको देखिदैन्, उहाँले भन्नुभयो, आफुले ९ वर्षमा जिल्लाको लागि परिवर्तन देखिने गरी विकास निर्माणको काम अघि बढाएको छु । 
अहिले अधुरा रहेका कामहरु पूरा गर्न एक पटक जिल्लाबासीले आफुलाई मतदान गर्न समेत अपिल गर्नुभयो ।