राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

१ बर्ष अघि

२0७९ आश्विन २५ मंगलवार

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी  डिस्चार्ज भएकी हुन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारमा संलग्न डा। निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताए ।  कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको हो । 


राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याविन नं ६०१ मा राखेर उपचार गरिएको थियो ।