आईसीसी टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालको शानदार जित

५ बर्ष अघि

२0७५ आश्विन २0 शनिबार

आईसीसी टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालको शानदार जित

दृष्टीकोण समाचार, असोज  २० दार्चुला  आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो ।मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशमलव ३ बलमा एक सय रनमा अलआउट भएको थियो ।मलेसियाविरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमारविरुद्ध पनि उनले चार विकेट लिएका थिए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान पारस खड्काले १ विकेट लिए । मलेसियाको दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । १०१ रनको जवाफी लक्ष्य नेपालले १२ दशमलब ४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ । नेपालको जीतमा कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४ रन हुँदा अनिल साहलाई गुमाएको नेपालले त्यसपछि क्रिजमा आएका पारसले उत्कृष्ट ब्याटिङ गरेका थिए ।नेपालको ३२ रन हुँदा विनोद भण्डारीलाई गुमाएको नेपालका लागि कप्तान खड्का र उप-कप्तान ज्ञानेन्द्र मल्लले ६९ रनको साझेदारी गरेका थिए । जसमा खड्का ५२ तथा ज्ञानेन्द्र २७ रनमा नट आउट रहे ।