बैतडीमा दल र स्वतन्त्र गरी संघमा १२, प्रदेश क मा ६ र प्रदेश ख मा ५ जनाको उम्मेदवारी दर्ता नामावली सहित

१ बर्ष अघि

२0७९ आश्विन २४ सोमबार

बैतडीमा दल र स्वतन्त्र गरी संघमा १२, प्रदेश क मा ६ र प्रदेश ख मा ५ जनाको उम्मेदवारी दर्ता नामावली सहित

बैतडी ।  बैतडीमा दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्य संघ का लागि १२, प्रदेशसभा क मा ६ र प्रदेशसभा ख का लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट दामोदर भण्डारी, गठबन्धन दल अन्र्तगत नेकपा माओवादी केन्द्रबाट नरेन्द्र कुंवर विजयसुन्दर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देब बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किशान पार्टीबाट कृष्णप्रसाद गोसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हिक्मतबहादुर चन्द र नेश्नलिष्ट पिपुल्स पार्टीबाट कृष्णबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । 


यस्तै प्रतिनिधिसभा सदस्यकै लागि स्वतन्त्र तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रमानन्द भट्ट, नेपाली कांगे्रसका नेता केशब बहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाटै मानसिंह विष्ट र त्रिलोक बहादुर चन्दले पनि उम्मेदवारी दर्ता गराएका छन् । 


 
प्रदेशसभा क मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका बिर बहादुर विष्ट, नेकपा एमालेका तर्फबाट सुरेन्द्र पाल, एकीकृत समाजवादीका तर्फबाट नरेन्द्र बिष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट कृष्णा पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रणबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेसका नेता हरीमोहन भण्डारीले पनि प्रदेशसभा क कै लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् 


प्रदेशसभा ख मा नेकपा एमालेका तर्फबाट लिलाधर भट्ट, गठबन्धन दल अन्र्तगत नेपाली कांग्रेसका तर्फबाट शिवराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायणदत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट प्रेम बहादुर चन्द र नागरिक उन्मुक्ती पार्टीका तर्फबाट रेवती बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।