चाँडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन दार्चुलामा सुरक्षा व्यवस्था कडा

१ बर्ष अघि

२0७९ आश्विन १८ मंगलवार

चाँडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन दार्चुलामा सुरक्षा व्यवस्था कडा

दार्चुला ।  चाँडपर्वका बेला हुनसक्ने घटनालाई ध्यानमा राखेर दार्चुलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष सुरक्षा योजना लागु गेरेर जिल्लाको  सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चाँडपर्वलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।  

चाँडपर्वका बेला हुनसक्ने संम्भावित घटनालाई ध्यानमा राखेर प्रहरीले जिल्लाभरी २ सय ४४ सुरक्षाकर्मी परिचालन गरेको सूचना अधिकारी  शाहीले बताउनु भयो । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई पनि प्रभावकारी बनाइएको छ ।

ट्राफिक सहित नेपाल प्रहरीको चेकिङको व्यवस्था गरिएको र राजमार्गमा स्कर्टिङ, मोबाइल गस्ती, पैदलगस्ती परिचालन गरिएको जिल्ला प्रहरी  कार्यालय दार्चुलाले  जनाएको छ । जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

यस्तै सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका ३ स्थानमा यात्रुसहयता कक्ष स्थापना गरिएको छ । जुवाजन्य खेलहरु, चोरी,सवारी दुर्घटना तथा यात्रुहरु ठगिने संभावना, बैक तथा बित्तीय संस्थाहरु उपर हुनसक्ने संभावित लुटपाटलाइ  ध्यानमा राखेर पनि  सुरक्षा ब्यवस्था कडा पारिएको बताइएको  छ ।

जिल्लाको  सुरक्षा व्यवस्था कडा पारिएको  जनाउदै  जिल्ला प्रहरी कार्यालय  दार्चुलाले  ढुक्क संग चाँडपर्व मनाउन  आग्रह गरेको  छ ।