असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला आउदै

१ बर्ष अघि

२0७९ आश्विन १८ मंगलवार

असोज २७ गते राष्ट्रपति भण्डारी दार्चुला आउदै

दार्चुला । असोज २६ गते राष्ट्रपति विद्या देवी भण्डारी दार्चुला आउने भएका छन् ।  जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा निर्माण गरेको चुच्चे नक्सासिहतको झण्डै १५ फिट अग्लो राष्ट्रिय स्तम्भको उदघाटन असोज २७ गते दार्चुला आउने कार्याक्रम तय भएको व्यास गाउँपालिकाका प्रवक्ता उपेद्र धामीले जानकारी दिनभुयो ।


व्याँस गाउँपालिकाले करिव १५ लाख लगानी गरेर नक्सासहितको स्तम्भ तयार पारेको छ । केही स्थानीय स्तरमा र बाकी समान सदमुकामबाट हेलिकोप्टरमार्फत ढुवानी गरेर स्तम्भ तयार गरिएको प्रबक्ता धामीले बताउनु भयो ।

राष्ट्रपति ज्यू २७ गते आउने कार्यक्रम तय भएपछि हामी अन्तरिक तयारीमा लागेका छै प्रवक्ता धामीले भन्नुभयो उहाँ हेलिकेप्टरमार्फ सिधै छाङरु आएर स्तम्भको उद्घाटन पछि फकिने कार्यक्रम तय भएको बताईएको छ । 

राष्ट्रपतिलाई निम्तो दिन पालिकाका अध्यक्ष मंगलसिह धामी दोस्रो पटक काठमाडौ गएका थिए । केह महिना अघि नै अध्यक्ष धामीले बोलाउन खोजेका थिए समय अभावका कारण कार्यक्रम सारिएको थियो । 

भारत र चिन संग सिमा जोडिएको व्याँस गाउँपालिकाको छाङरु र तिंकरमा सौका समुदायको बसोबास छ । जो वर्षको ६ महिना मात्र त्यहा बस्छन चिसो छल्न हिउदमा उनीहरु सदमुकाम खलगा आउने गर्दछन् । 

सरकारले छाङरुमा डिएसपीको कमाण्डमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । नेपाल प्रहरीको सीमा प्रहरी चौकी पनि रहेको छ । सौका समुदाय दसकैदेखि सीमा क्षेत्रमा बसोबास गरिरहेका छन् ।