राँगाको बलि गरिरहेका पुरुष नदीमा बगेर बेपत्ता

१ बर्ष अघि

२0७९ आश्विन १७ सोमबार

राँगाको बलि गरिरहेका पुरुष नदीमा बगेर बेपत्ता

दार्चुला । दार्चुलामा राँगाको बलि गरिरहेका एक पुरुष चमेलिया नदीमा बगेर बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिकाको देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर १ का बहादुरसिंह बोहरा चमेलिया नदिमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।