सुदूरपश्चिममा माओवादीले पाएका चार सिटमा यी हुन् उम्मेदवार

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

सुदूरपश्चिममा माओवादीले पाएका चार सिटमा यी हुन् उम्मेदवार

महेन्द्रनगर । पाँच दलीय सत्ता गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा चार सिट पाउने भएको छ । ती चार सिटमा कसले टिकट पाउने भन्ने लगभग प्रूष्ट भइसकेको माओवादी स्रोतले बताएको छ ।

माओवादी केन्द्रले पाएको कञ्चनपुर–१ बाट बीना मगर उम्मेदवार हुने निश्चित छ भने कैलाली–३ बाट निर्माण चौधरी, विनितादेवी चौधरी र कृष्ण चौधरीको नाम सिफारिस भएको छ । त्यहाँ ती तीन जनामध्ये एक जना उम्मेदवार हुने छन् । विनिता चौधरीको सम्भावना उच्च रहेको बताइएको छ ।

त्यस्तै, कैलाली–२ बाट भगतबहादुर बडुवाल, लालबहादुर सोडारी, हेमन्त बढुलाको नाम सिफारिस भएको छ । तीमध्ये भगतबहादुर बडुुवाल उम्मेदवार हुने सम्भावना देखिएको छ । बैतडीबाट नरेन्द्र कुँवरको मात्रै नाम सिफारिस भएकाले उनी नै उठ्ने निश्चितजस्तै छ । माओवादीले अछाम–१ मा दाबी गरे पनि एकीकृत समाजवादीले छोड्न मानेको छैन ।