तेश्रो पटक दार्चुला बजारमा अनुगमन, म्याद नाघेका सामान बरामद(फोटो फिचर)

५ बर्ष अघि

२0७५ आश्विन १८ बिहीबार

तेश्रो पटक दार्चुला बजारमा अनुगमन, म्याद नाघेका सामान बरामद(फोटो फिचर)

दृष्टीकोण समाचार, असोज १८ दार्चुला ।  चाडबाडको बेला नजिकिएसँगै उपभोक्ता हितका लागि दार्चुलामा रहेका पशलहरुमा सयुक्त बजार अनुगमन समितिले तेश्रो पटक विहिबार छड्के अनुगमन गरेको छ । 
बजार अनुमगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले जिल्ला सदरमुकाम क्षेत्रका ४० पशलहरुमा छड्के अनुगमन गर्दा म्याद नाघेका समाग्रीहरु बरामद गरी नष्ट गरिएका छ । 


जिल्ला सदरमुकाम क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यक्ति तथा उपभोक्ता दुबैको हितका लागि बजार अनुगमन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा खुद्रा पशल,मिठाई पशल, मासु पशल, मदिरा पशल लगायत  डेरीहरुमा अनुगमन गर्दा बढी मात्रामा पेय पदार्थ बरामद गरी जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको छ ।


अनुगमन टोलीले विभिन्न ब्राण्डका साना ठुला गरी ६२ बोतल पेयपदार्थ र केही मात्रामा अन्य फास्टफुट सामाग्री बरामद गरि नष्ट गरिएको अनुगमन समितिमा सहभागि जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायब सुब्बा पदमराज भट्टले जानकारी दिनुभयो । 


अनुगमन टोलीले विभिन्न १५ वटा सुचकका आधारमा बजार अनुगमन गरेको हो । साथै व्यापारी कमि रहेको क्षेत्रमा सुधार गर्न निर्देशन गरिएको छ ।