अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’ सङ्कटकाल लागू

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’ सङ्कटकाल लागू

काठमाडौ । अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल–हेनरी दामिबाको सरकारलाई हटाएको छ। सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर सङ्कटकाल लगाएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

विभिन्न नाकाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिलाई पूर्ण रूपमा बन्देज लगाइएको छ। दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता हातमा लिनुभएको थियो।