हातहतियार बुझाउन प्रशासनको अनुरोध

१ बर्ष अघि

२0७९ आश्विन १४ शुक्रबार

हातहतियार बुझाउन प्रशासनको अनुरोध

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कार्तिक १५ गतेभित्र हातहतियार बुझाउन अनुरोध जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।  अगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार कार्तिक १५ गतेभित्र नजिकैको प्रहरी चौकीमा वा सिधै जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा बुझाइएको हातहतियार निर्वाचन पश्चात हतियारधनीलाई नै फिर्ता गरिने बताइएको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना गरिएको दार्चुला प्रशासनले जनाएको छ ।