भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भिर घाइते 

५ बर्ष अघि

२0७५ आश्विन १८ बिहीबार

भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भिर घाइते 

दृष्टीकोण समाचार, असोज १८ दार्चुला । दार्चुला जिल्ला दुहूँ गाउँपालिका वडा नम्बर ३ खेती बस्ने ४० बर्षकी जानकी जोशी भिरबाट खसेको ढुङ्गा लागेर गम्भिर घाईते भएकी छिन् । आज विहान ११ बजे कालीगाड भन्ने ठाउँमा घाँस काटिरहेको बेला जोशीको टाउकोमा ढुङ्गाले गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
दार्चुला जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि महिला लाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिला अचेत अवस्थामा छिन् ।