खुद्रा पसलमा आगलागी,सामान जलेर नष्ट

१ बर्ष अघि

२0७९ आश्विन १३ बिहीबार

खुद्रा पसलमा आगलागी,सामान जलेर नष्ट

दार्चुला । दार्चुला सदरमुकामस्थित राधाकृष्ण चोकमा एक पसलमा आगलागी भएको छ । बुधबार राती करिब ९ बजे राधाकृष्ण चोकमा रहेको एक किराना पसलमा आगलागी हुँदा पसलका माल सामान जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार राति विद्युत् सट भई आगलागी भएको हो । राधाकृष्ण चोक स्थित ललित प्रसाद भट्टको किराना पसलमा लागेको आगोले पसलका माल सामान पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो । महाकाली नगरपालिकाको दमकल र सुरक्षा निकायहरुका साथै स्थानीय बासिन्दाहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको पूर्णविवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी  शाहीले जानकारी दिनुभयो ।