कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

१ बर्ष अघि

२0७९ आश्विन १२ बुधबार

कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु गरेको हो । धर्ना कार्यक्रममा शीर्ष नेताहरुको भने उपस्थिति देखिएको छैन । मौन धर्नामा बसेका उनीहरु करीब एक घण्टासम्म बस्ने बताइएको छ । धर्नामा नेताहरु गुरुराज घिमिरे, मनोजमणी आचार्य, भुपेन्द्रजंग शाहीलगायत युवा नेताहरु सहभागी छन । कांग्रेसको समानुपातिकतर्फको बन्द सूचीमा १ सय १० मध्ये कोइराला समुहका १३ जनामात्रै परेका छन् । कोइराला समुहबाट प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा।चन्द्रमोहन यादव, उमा दाहाल मैना रावल कार्कीे, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम सूचीमा रहेको छ । तर शेखर–गगन समुहले भने ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ । सूची संशोधन नगरे विद्रोह गर्ने चेतावनीसमेत दिएको छ