राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता

१ बर्ष अघि

२0७९ आश्विन १२ बुधबार

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता

काठमाडौं  । रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ । आज  बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका छन् ।