दार्चुलामा ढुवानी बन्द हुँदा पौष्टिक आहार पाउन समस्या

१ बर्ष अघि

२0७९ आश्विन १२ बुधबार

दार्चुलामा ढुवानी बन्द हुँदा पौष्टिक आहार पाउन समस्या

दार्चुला । दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ ।  दार्चुला जिल्लाको दुहु र व्यास जोड्ने टिंकर सडक अझै सुचारु नभएको हो ।

ढुवानी रोकिएपछि दुहु र व्यासका २७ सय बालबालिकाले पौष्टिक आहार खान पाएका छैनन्। पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार ढुवानी हुन नसकेको हो ।

विभिन्न दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन। व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका दुई हजार ७ सय बालबालिकाले दिउँसोको खाजा खान पाएका छैनन्। सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको स्यानीय प्रशासनले बताएको छ ।