स्वस्थ्य प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

५ बर्ष अघि

२0७५ आश्विन १८ बिहीबार

स्वस्थ्य प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

दृष्टीकोण समाचार, १८ असोज दार्चुला । पछिल्लो समय नेपाल प्रहरी विभिन्न किसिमका जनसेवाका कार्यक्रम र सामाजिक कामहरुलाई तिब्रता दिइरहेको छ । यसैबीच सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायल डोटीले सुदुरपश्चिमका विभिन्न प्रहरी युनिटहरुमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिरहेको छ ।  निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र परामर्श सेवा कार्यक्रम बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा सम्पन्न भएको छ । क्षेत्रीय प्रहरी अस्पतालका डा. प्रहरी निरिक्षक रोशन कुमार निरौलाको टोलीले दार्चुला जिल्लामा रहेका १ सय ३३ जना प्रहरी तथा कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।