सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

१ बर्ष अघि

२0७९ आश्विन १२ बुधबार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो परेको छ ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।


मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँडको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँडको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

आजको बैठकले प्रतिनिधिसभातर्फको सिट बाँडफाँडमा पनि सहमति गर्ने ठानिएको छ ।