अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

१ बर्ष अघि

२0७९ आश्विन १२ बुधबार

अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

काठमाडौं– अमेरिकी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदैछिन् ।  विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेकी हुन् ।


अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तरक्रियामा सहभागिता जनाउने छिन् ।